तपाईँ सुन्दै हुनुहुन्छः

हवाई फायर गरेर अफिम व्यापारी पक्राउ

रुकुम। ३ किलो ८५० ग्राम अवैध लागुऔषध अफिमसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिम आठविसकोट नगरपालिका वडा नं. १ रोकाजा बस्ने वर्ष ३५ का मनबहादुर बुढा रहेका छन ।
जिल्लाको आठबिसकोट नगरपालिका छेपारे, चिसापानी लगायतका विभिन्न क्षेत्रहरुमा लागू औषधको ओसार पसार तथा खरिद बिक्रिको कारोबार भई रहेको छ भन्ने प्राप्त विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले उनलाई प्रक्राउ गरेको हो । आठविसकोट नगरपालिका वडा नं. १४ छेपारेस्थित बाटोमा बुढाले खैरो रङगको झोला बोकी शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी उनलाई रोकेर सोधपुछ गर्ने क्रममा उनले प्रहरीलाई हातपात गरी ढुङगा प्रहार गर्दै भाग्न खोज्दा निजलाई नियन्त्रणमा लिनको लागि खटिएको प्रहरी टोलीले एक राउण्ड हवाई फायर समेत गर्नुपरेको थियो ।
उनको साथबाट ९ हजार रुपैयाँसगै मोवाईल लगायतका अन्य सामाग्रीहरु पनि बरामद गरिएको प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button