तपाईँ सुन्दै हुनुहुन्छः

‘कला र भाषाका क्षेत्रमा प्रज्ञा प्रतिष्ठानको योगदान प्रशंसनीय’

भुषण पोखरेल । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य, कला र भाषाका क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानको योगदान प्रशंसनीय रहेको बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय, शितल निवासमा आज अयोजित सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले साहित्यिक पर्यटनका माध्यमबाट समेत नेपाललाई विश्वसामु परिचित गराउनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल र नेपालीका राष्ट्रिय भाषा समृद्धिको लागी सवैको ध्यान जानु जरुरी रहेको वताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय कविता महोत्सव, २०७५ मा प्रथम, द्वितीय र तृतीय हुने कविहरु क्रमशः फुलमान बल, काभ्रे, सुनिता खनाल, धादिङ्ग र जीवन खत्री, एलिना दुलाल तथा मेनुका चापागाईलाई प्रमाण पत्र र नगद पुरस्कार प्रदान गर्नुभयो ।

राष्ट्रपति भण्डारीले सोही अवसरमा राष्ट्रिय कविता महोत्सव, २०७२ मा प्रथम हुने प्रोल्लास सिन्धुलिया र द्वितिय हुने सरस्वति वुनिराईलाई पनि सम्मान गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले सातवटै प्रदेशका कला, संस्कृति, साहित्य र भाषालाई समावेश गरी प्रतिष्ठानले नेपाल दर्पण ग्रन्थ प्रकाशन गर्न लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button