तपाईँ सुन्दै हुनुहुन्छः

कलंकी मालपोत कार्यालय नमूना घोषणाः प्रमद्वारा उद्घाटन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यबस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताउनुभएको छ ।
कलंकीमा बुधबार नमूना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सेवा प्रवाहमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताउनुभयो । “अब मालापोतमा मात्र होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले अबको दुई बर्षभित्र देशका सबै मालपोत कार्यालयका ढड्डा र पुराना लिखतहरु डिजिट्लाइज्ड भइसक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने, उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने र सबै काम पारदर्शी हुने पनि बताउनुभयो । “नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठुलो भूमिका छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रो नयाँ राष्ट्रिय गन्तब्य समृद्ध नेपाल, सुखी नेपालीको प्राप्तिका लागि प्रविधि मैत्री भएर काम गर्नुपर्दछ । ”

प्रतिक्रिया राख्नुहोस्

Back to top button