तपाईँ सुन्दै हुनुहुन्छः

अत्याधिक मदिरा सेवनका कारण एकको मृत्यु

सर्लाही-सर्लाहीमा अत्यधिक रक्सी सेवन गरेर एक जना मानिसको ज्यान गएको छ । गएराती साढे १ बजे ईश्वरपुर न.पा.१३ श्रीनगर स्थित काठको काम गर्ने हरिपुर्वा न.पा.९ बस्तिपुर बस्ने अन्दाजी ५५ वर्षिय नथुनि अंसारीले अत्याधिक मात्रामा मादक पदार्थ सेवन गर्दा उनको मृत्यु भएको हो ।

रक्सी खाई बस्तिपुरबाट श्रीनगर फर्कीने क्रममा देबिस्थान बाटोको छेउमा लडदा अंसारीको घटना स्थलमै मृत्यू भएको र अन्य अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रतित सिंह राठोरले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि मलंगवा अस्पताल सर्लाहीमा राखिएको छ र पोष्टमार्टम पश्चात घटनाबारे अन्य कुरा भन्न सकिने प्रहरी प्रवक्ता राठोरले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button