तपाईँ सुन्दै हुनुहुन्छः

‘दातृ निकायले आफूखुशी काम गर्न नपाउने’

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताउनुभएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा दातृ निकाय र अन्तराष्ट्रिय गैरसरकारी संस्थाले कुनै पनि कार्यक्रम गर्दा प्रादेशिक तथा स्थानीय तहका क्षमता विकास कार्यक्रमसँग समन्वय गरेर मात्र गर्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button