तपाईँ सुन्दै हुनुहुन्छः

शान्त र समृद्ध मुलुक बनाउन योग र कर्मको संयोग आवश्यक : प्रम ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगले मनिसका उत्तेजना, क्रोध, आवेश र आग्रह–पूर्वाग्रहलाई शान्त, सभ्य र स्वस्थ मानसिकतामा बदल्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय योग दिवशका अवसरमा शुक्रबार अन्तर्राष्ट्रिय योग दिवश मूल समारोह समिति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रममा उहाँले अस्वस्थ चिन्तन र जीवनशैली बदल्न योग अभ्यास महत्वपूर्ण हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाललाई शान्ति, विकास र समृद्ध मुलुक बनाउन योग र कर्म दुवै संयोग हुने कर्मयोगीको देश बनाउन र मनको योगी बन्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले योग र आयुर्वेदको महत्व बुझेर सरकारले यसलाई शैक्षिक पाठ्यक्रममा व्यबस्थित गर्न लागिएको बताउनुभयो ।
उहाँले, योगले मानिसको दिमागलाई ताजा बनाईराख्ने र अनियन्त्रित मनलाई सन्तुलित बनाउने बताउनुभयो ।
‘गुरुका साथ योग’ भन्ने नारासहित आज देशैभरका प्रदेश तथा स्थानीय सरकारका साथै जिल्लास्थित कार्यालयहरुले प्रभातफेरी, प्रवचन र योगाभ्यासलगायतका कार्यक्रम गर्दै पाँचौ अन्तर्राष्ट्रिय योग दिवस मनाएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ११ औँ महासभाले सन् २०१४ डिसेम्बर ११ मा हरेक २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको मान्यता दिएपछि हरेक वर्ष जुन २१ अर्थात् आजैका दिनलाई विश्व योग दिवसका रुपमा मनाउँदै आइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button