तपाईँ सुन्दै हुनुहुन्छः

काङ्ग्रेसको केन्द्रीय समिति बैठक असार तेस्रो साता

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली काङ्ग्रेसको नियमावली, २०७६ मा छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रमको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान तथा देशको समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button