तपाईँ सुन्दै हुनुहुन्छः

खेल सामाग्री नक्कल गर्ने गिरोह पक्राउ

अजय बम । नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सी निर्माता केल्मीको खेल सामाग्री नक्कल गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

केही साताअघि मात्र एन्फाले राष्ट्रिय टोलीको जर्सी नक्कल गर्नेलाई चेतावनी दिएको थियो । सूचना निस्केको तीन सातापछि प्रहरीले विभिन्न स्थानमा छापा मार्दै केही व्यक्तिलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा टेकुका एसएसपी सहकुल थापाले जर्सी नक्कल गरेको उजुरी परेपछि केही व्यक्ति पक्राउ परेको जानकारी दिनुभयो । एसएसपी थापाले विस्तृत विवरण भने पछि सार्वजनिक गरिने बताउनुभयो ।

गत फागुनमा एन्फा र केल्मीले राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ स्वोरुपको जर्सी सार्वजनिक गरेका थिए । राष्ट्रिय फुटबल टोलीसँगै उमेर समुहका टोलीले प्रयोग गर्ने सामाग्री पनि केल्मीले प्रदान गर्दै आएको छ ।

नेपालमा केल्मीको विक्री तथा वितरण गर्ने सर्वाधिकार कामारु ट्रेडीङ प्रालिले प्राप्त गरेको र एन्फाको लोगो अंकित जर्सी उक्त संस्थाले मात्र गर्न पाइने सूचनामा उल्लेख थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button