तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षालाई उत्पादनसंग जोड्नुपर्छ- शिक्षमन्त्री

दाङ शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणी पोख्रेलले शिक्षालाई उत्पादन संग जोडेर लैजानु पर्ने आवश्यकता रहेको बताउनु भयो ।  नेपाल प्रेस सेन्टर दाङले आज घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्रि पोख्रेलले शिक्षालाई श्रमसंग, श्रमलाई सिपसंग, सिपलाई उत्पादनसंग जोड्न सकेमात्रै नेपालमा समृद्धी हासिल हुने बताउनु भएको हो ।

शिक्षा क्षेत्रमा सुशासनको कमी रहेको भन्दै मन्त्रि पोख्रेलले यसको सुधारका लागि माध्यामिक सम्मको शिक्षाको अधिकार पाएको स्थानिय सरकार बलियो बन्नु पर्ने बताउनु भयो । आफ्ना कार्यकर्ता र आसेपासेलाई शिक्षामा भर्ति नगरी दक्ष शिक्षकहरु मात्रै बिद्यालयमा भर्ना गर्न पनि मन्त्री पोख्रेलले स्थानिय तहहरुलाई निर्देशन दिनुभयो ।

अहिलेको शिक्षा बिज्ञान तथा प्रबिधिमा आधारीत हुनुपर्ने भन्दै सरकार ८० प्रतिशत बिज्ञान र प्रबिधिमा आधारित र २० प्रतिशत साधारण तर्फ हुने गरी अहिले राष्ट्रिय शिक्षा निति पास गर्ने तयारीमा रहेको पनि बताउनु भयो ।

बिज्ञान तथा प्रबिधीलाई समय सुहाउँदो रुपमा अगाडी बढाउनका लागि सरकार सिटिइभिटिइलाई पुर्नगठन गर्न लागि पारेको पनि बताउनु भयो । शिक्षक एक्लैको प्रयासले शिक्षामा सुधार हुन नसक्ने भन्दै मन्त्री पोख्रेलले बिद्यार्थीले स्वतन्त्र रुपमा सिक्ने कुरालाई जोड दिन शिक्षक बिद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध रहनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button