तपाईँ सुन्दै हुनुहुन्छः

असार १० भित्र बजेट ल्याउन स्थानीय तहलाई निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६–७७ को बजेट यही असार १० गते भित्र ल्याउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

यही असार १० गते भित्र राजश्व र व्ययकोे अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्न ७ सय ५३ वटै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको हो ।

समयमा नै बजेट पेश गरी सभावाट स्वीकृत भएपछी मात्र खर्च गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button