तपाईँ सुन्दै हुनुहुन्छः

उपचारमा क्रममा साङलो नलगाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकापुर घटनाको अभियोगमा कैद सजाँय भोगिरहेका रेशम चौधरीलाई उपचारका क्रममा साङलो नलगाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोनमार्फत् अस्पताल भर्ना भएका चौधरीलाई साङलो लगाउनेलाई कारवाही गर्न निर्देशन दिनुभयो ।

उपचारका क्रममा वीर अस्पतालमा भर्ना भई शैय्यामा रहँदा पनि साङलो लगाइएको तस्वीर सार्वजनिक भएपछि प्रधानमन्त्रीले त्यस विषयमा चासो लिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button