तपाईँ सुन्दै हुनुहुन्छः

दुई महीनामा ६९ जनाको मृत्यु

काठमाडौँ । कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ ।

वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन् ।

नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट दश, पहिरोबाट चार, चट्याङ लागेर २३, विभिन्न जनावरको आक्रमणबाट सात, महामारीबाट एक, हावाहुरीबाट आठ, लेक लागेर १३ तथा अन्य विपद्का घटनाबाट तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button