तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने

काठमाण्डौ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक बर्षको वजेटले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनुभयो ।

उहाँले भूकम्पको पुननिर्माण सकुञ्जेल वैदेशिक ऋण वढ्न सक्ने भएपनि ऋणलाई राष्ट्रिय उत्पाकत्व र द्रुत विकासमा खर्च गरेर त्यसको सहि सदुपयोग गरिने बताउनुभयो ।

मन्त्री डा खतिवडाले तराई मधेशलाई उच्च प्राथमिता दिएर रकम विनियोजन गरिएको र बजेटमा तराई मधेशको भौतिक पूर्वाधारमा एक अर्व रुपैयाँमाथि विनियोजन गरिएको जानकारी गराउनुभयो ।

उहाँले दिगो विकास लक्ष्य हासिल गर्न वजेटको आकार बढाउनु पर्ने आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button