तपाईँ सुन्दै हुनुहुन्छः

वन क्षेत्रको अधिकतम उपयोग गरेर आयआर्जन र रोजगारी बढाउने

काठमाण्डौ । प्रतिनिधिसभामा विनियोजन वजेट २०७६ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बजेटमा पर्यटन, वन विकास, बन्यजन्तु संरक्षण, जनताको आर्यआर्जन र रोजगारी निर्माण गर्ने विषयलाई ध्यान दिएको बताउनुभयो ।

मन्त्री बस्तेतले वन क्षेत्रको अधिकतम उपयोग गरेर जडिबुटी खेती तथा नर्सरी विकास, वनसँग सम्बन्धित उद्योग स्थापना, वन व्यवस्थापनसँग सम्बन्धित नीति निर्माण र विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

मन्त्री बस्नेतले जलवायु अनुकुलनलाई बढि प्राथमिकता दिएको सुदुरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशबाट अनुकुलन सम्बन्धि कार्यक्रम शुरु गरिएको र विस्तारै अन्य प्रदेशमा पनि कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले आगामी बर्षलाई बृक्षारोपण बर्ष घोषणा गरी वन व्यवस्थापनमा नयाँ ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button