तपाईँ सुन्दै हुनुहुन्छः

किसानमुखी कार्यक्रम र कृषि विमा कार्यक्रमलाई प्रभावकारी बनाईने

काठमाण्डौ । प्रतिनिधिसभामा विनियोजन वजेट २०७६ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बजेतमा कृषिको आधुनिकीकरण, यन्त्रिकरण र कृषि अनुसन्धानलाई प्राथमिकतामा राखेर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन प्रयत्न गरिएको बताउनुभयो ।

उहाँले कृषि अनुदान प्रवाहलाई बैज्ञानिक बनाउन अनुदान कार्यविधि बनाएर कार्यान्वयनमा जाने जानकारी दिनुभयो ।

मन्त्री खनालले किसानमुखी कार्यक्रम र कृषि विमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button