तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवाको विवाद बुधबारका लागि स¥यो

काठमाडौं । सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादका चार वटा रिट निवेदनमाथिको सुनुवाइ आजबाट शुरु भएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आजदेखि सुनुवाइ शुरु भएको हो । बहस नसकिएपछि थप सुनुवाई पुनः बुधबारका लागि तय भएको छ ।

यसअघि, न्यायाधीशद्वय कार्की र डा खतिवडाको इजलासले यही असार ४ गते आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button