तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा जिल्ला स्तरीय राष्ट्रिय लिग फुटवल शुरु

भोजपुर, ९ असार । पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा जिल्लास्तरीय राष्ट्रिय लिग फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिता असार १३ गतेसम्म संचालन हुनेछ । अखिल नेपाल फुटवल संघको आयोजना तथा भोजपुर जिल्ला फुटवल संघको स्थानीय आयोजनामा सञ्चालन हुने प्रतियोगितामा फुटवल संघमा आवद्ध १० वटा क्लवहरुको सहभागिता रहेको भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले बताए ।
प्रतियोगितामा कोदार फुटवल क्लव, बैकरोड फुटवल क्लव, सप्तधारा फुटवल क्लव, भोजपुर युवा क्लव, रिमाचुङ स्र्पोट एकेडेमी, लाइवेरी फुटवल क्लव, देउराली फुटवल क्लव, नमुना फुटवल क्लव, भोजपुर युथ एकाडेमी र द सोल्टी युनाइटेडको सहभागिता रहने अध्यक्ष सुवालले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन भने दोश्रो टिमले १० हजार नगद र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । लिग कम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा प्रथम हुने टिमले प्रदेश अन्तर्गत धरानमा संचालन खेलमा सहभागिता जनाउन पाउने अध्यक्ष सुवाले जानकारी दिएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button