तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेट रङ्गशाला निर्माणका लागि ५ करोड विनियोजन

काठमाडौं । राष्ट्रिय रुपमा चर्चा पाएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरिसकेको छ । काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी दिनुभयो ।

मंगलबार परिषद् गर्न लागेको महानगरले रङ्गशालाका लागि पाँच करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ ।

महानगरभित्र रहेका २९ वटा वडाले पाँच लाख रुपैयाँका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन् । बहुवर्षीय योजना भएकाले महानगरले सुरुवाती रकमका रुपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ ।

महानगर प्रमुख दाहालले निजी क्षेत्रसँगै सङ्घ, प्रदेश र स्थानीय तहले रङ्गशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम सुरु भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button