तपाईँ सुन्दै हुनुहुन्छः

सुदुरपश्चिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल भारतको उत्तर प्रदेशबाट नेपालको सुदुर पश्चिमतिर अगाडि बढिरहेको घना बादलका कारण सुदुर पश्चिमको केही भागमा हावाहुरी, मेघ गर्जन र वर्षा गराउन सक्ने देखिएको जनाएको छ ।

विशेषतः सुदुर पश्चिमका तराई भेगहरुमा हावाहुरी, मेघ गर्जन र एक दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

यसैगरि बाढी पूर्वानुमान शाखाले सुदुरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने साना नदी जलाधारका केही स्थानमा क्षणिक र मध्यम देखि भारी बर्षा भई स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले भोलि बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

साथै प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मध्यपहाडी भुभागको धेरै स्थानहरूमा तथा प्रदेश ३ र गण्डकीको केही स्थानहरूमा क्षणिक मध्यम बर्षाको सम्भावना रहेकाले पहाडका साना नदीहरू र खहरेमा बहाव तुलनात्मक रूपमा बढ्ने भएकाले ती क्षेत्रमा सामान्य सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button