तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी समायोजन विधेयकमा छलफल सुरु

काठमाण्डौ । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्वन्धमा व्यबस्था गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल सुरु भएको छ । मंगलबार समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले विधेयकले प्रदेशमा प्रहरीको दरवन्दी निश्चित गर्ने भएकाले विधेयक पास भएपछि प्रदेश प्रहरीको संरचना बन्ने वताउनुभयो । प्रहरीसँग सम्वन्धित विषय बढी संवेदनशील भएकाले विधेयक आउन केही ढिला भएको गृहमन्त्री थापाले जानकारी गराउनु भयो।

छलफलमा समितिका सदस्यहरुले विधेयकमा अस्पष्ट रहेका विषयहरुलाई स्पष्ट उल्लेख गर्नुपर्ने, प्रदेश प्रहरी भर्नामा लोक सेवा आयोगलाई पनि सहभागी गराउनु पर्ने, प्रदेश र संघमा कति दरबन्दी आवश्यक छ स्पष्ट भएपछि मात्र समायोजन प्रकृया अघि बढाउन सुझाव दिनुभएको थियो । सदस्यहरुको जिज्ञाशामा गृह सचिव प्रेमकुमार राईले विधेयकको उद्देश्य समायोजन गरी प्रभावकारी सेवा प्रवाह गर्नु रहेको वताउनुभयो।

राज्य व्यवस्था समितिमा प्रहरीसँग सम्वन्धित यो सहित नेपाल प्रहरी र प्रदेश प्रहरी अधिकार तथा सुपरिवेक्षण गर्न बनेको विधेयक छलफलका क्रममा रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button