तपाईँ सुन्दै हुनुहुन्छः

२५ हजार घुस सहित इकाई प्रमुख पक्राउ

सल्यान । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर ओली घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् । २५ हजार नगद रुपैँया घुस लिएको रकम सहित उनी पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई घुस रकम लिएकोे अवस्थामा मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो । शिक्षक सरुवाको सहजिकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिदँै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
ओली गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रुपमा कार्यरत थिए । ओलीको मुद्दाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button