तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर नगरपालिकाको बजेट ७१ करोड ४१ लाख

रोहित काफ्ले, झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६–०७७ का लागि ७१ करोड ४१ लाख ९५ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

नगरपालिकाको आज सम्पन्न नगरसभाले उपप्रमुख चन्द्रा श्रेष्ठले नगरसभामा प्रस्तुत गरेको उक्त अनुमानित बजेट पारित गरेको छ ।

नगरपालिकाको सभाहलमा सम्पन्न चौथो नगरसभामा नगरप्रमुख जीवनकुमार श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभउको थियो भने उपप्रमुख चन्द्रा श्रेष्ठले बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button