रंगशालाका लागि भरतपुर महानगरद्वारा ६ करोड ४५ लाख विनियोजन
चितवन । चितवनको भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
महानगरले आज सार्वजनिक गरेको बजेटमा रंगशालाका लागि महानगरको तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँच–पाँच लाख गरी ६ करोड ४५ लाख बजेट विनियोजन गरिएको हो ।
बजेट प्रस्तुत गर्दै उपमेयर पार्वती शाहले २९ वडाबाट पाँच–पाँच लाख र विनियोजन गरिएको बताउनुभयो ।
यसअघि प्रदेश नम्बर ३ सरकारले रंगशाला निर्माणका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्