तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडी मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयनमा पर्नुभएका व्यक्तिको नाम आज सार्वजनिक गरेको छ ।

हरेक वर्ष प्रदान गरिँदै आएको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यस वर्ष क्रिकेटका पाँच खेलाडी, फुटबलका तीन तथा भलिबल, प्याराग्लाइडिङ, एथ्लेटिक्स र जुडोका दुई–दुई जना मनोनयनमा परेका छन् । ब्याडमिन्टन, कराँते, गल्फ र तेक्वान्दोबाट एक–एक खेलाडी मनोनयनमा परेका छन् ।

यस्तै प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा, प्याराग्लाइडिङका योगश भट्टराई, एथ्लेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयनमा परेका छन् । मञ्चले पिपुल्स च्वाईस अवार्डको मनोनयन भने यसअघि नै सार्वजनिक गरिसकेको छ ।

अवार्ड कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा असार १७ गते हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button