तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिपक्षसँग मिलेर जानुपर्छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिनुभएको छ ।

चितवनको भरतपुर महानगरपालिकाको चौथो नगरसभाको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा काङ्ग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो ।

शान्ति प्रक्रिया, संविधान संगै बनाएकाले एक्लै हिड्न सक्ने अवस्था नरहेको भन्नुहुँदै अध्यक्ष दाहालले एउटै डुङ्गामा चढेका छौँ, त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनुबाहेक केही नहुने बताउनुभयो ।

अध्यक्ष दाहालले नेत्रविक्रम चन्द समूहको नेकपाका नेता ढिलो चाँडो आफ्नै पार्टीमा आउनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घ, प्रदेश र स्थानीय तीनै तहको समन्वय हुन सके समृद्धि हासिल गर्न सहज हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button