तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ट्याक्टर दुर्घटनामा ३ विद्यार्थीको मृत्यु

अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकट कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको छ भने ४ जना घाईते भएका छन् ।
बिहान साढे ६ बजेतिर चौरपाटीको गगुडाबाट नारीदाङतर्फ गैहेरहेका से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटनामा परी तीन विद्यार्थीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा नं.२ का दशपल्ले माविवाट यस वर्ष एसई परीक्षा दिएका १६ वर्षका रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत वर्ष १६ की लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत वर्ष १६ की कालि साउद रहेका अछाम प्रहरी प्रमुख डिएसपी जनक शाहीले बताउनुभयो ।

यस्तै, घाईते हुनेमा चौरपाटी ३ का वर्ष १५ की सारदा साउद, वर्ष १५ की सरस्वती साउद, वर्ष १५ का माने भुल र वर्ष १५ कै उत्तम साउद रहेका छन् । घाईतेमध्ये उत्तम बाहेक अन्य ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईतेको बयालपाटा अस्पतालमा उपचार भैरहेको छ ।
एका बिहानै विद्यार्थीको ज्यान जाने गरी घटना भएपछि सिंगो गाउँ र विद्यालय शोकाकुल बनेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयो । ट्याक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । दुर्घटनाबारे थप अनुसन्धान लागि जिल्ला प्रही कार्यालय, सिउडी प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय साँफेबगरबाट १५ जनाको प्रहरी टोली परिचालित भैसकेको अछाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button