तपाईँ सुन्दै हुनुहुन्छः

अपहरित बालिकाको प्रहरीद्वारा उद्धार

बुटवल। प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर १२ बाट अपहरणमा परेकी ६ बर्षीय बालकालाई बुधबार बिहान बुटवलको एक होटलबाट उद्धार गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्वर १२ का टेक बहादुर थापाकी छोरी ६ बर्षीय साबित्रीलाई अस्ति साँझ अपहरण गरी बुटवल उप महानगरपालिका वडा नं.५ स्थित होटल बुटवल प्लाजा ऐण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा आज बिहान साढे ७ बजे फेला पारी उद्दार गर्नुका साथै अपहरणकर्ता बिरगञ्ज उपमहानगरपालिका वडा नम्वर २७ बस्ने बर्ष ३८ का जयराम दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बालिका अपहरणको जानकारी पीडित परिवारले हिजो गराए पश्चातः खोज तलास गर्ने क्रममा आज बिहान होटलबाट बालिकाको उद्धार गर्न सफल भएको प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।
बालिका अपहरण गर्ने जयराम दासले पीडित परिवारको घर नजिकै स्थानीय खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएको र सोही क्रममा बालिकाकी आमा मञ्जु थापासँग चिनजान भएको तथा मञ्जुसँग बिवाहको प्रस्ताव राख्दा नमानेपछि उनकै नाबालिका छोरी अपहरण गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button