तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

अजय बम । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको छ ।

महेन्द्रनगरमा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

महेन्द्रनगरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदुर पश्चिमले २० ओभरमा नौ विकेट गुमाउँदै ७१ रन बनायो ।

उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा रुवी पोदारले २४, कविता कुवँरले २२ बनाइन् । यस्तै मञ्जु बोगटीले आठ रन बनाउनु बाहेक अरु खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । उसका चार खेलाडीले खाता खोल्न सकेनन् ।

बलिङमा एपीएफकी करुणा भण्डारी र सीता रानामगरले तीन–तीन विकेट लिए भने सोनु खड्का, ममता चौधरी र रेखा रावलले एक–एक विकेट हात पारे ।

जवाफमा एपीएफले १५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा र्गयो । उसका लागि इन्दु बर्माले २२, सीता रानामगरले १८ र ज्योति पाण्डले १७ रन बनाए । यस्तै सोनु खड्का र ममता चौधरीले तीन–तीन रनको योगदान दिए ।

उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ हात पार्यो भने उपविजेता सुदूर पश्चिमले तीन लाखमा चित्त बुझायो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button