तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय बस सञ्चालनका लागि प्रक्रिया शुरू

अर्जुन श्रेष्ठ । सरकारले विद्युतीय बस खरीद तथा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ सय वटा विद्याुतीय बस खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले बस खरिद प्रक्रिया र सञ्चालन सम्बन्धी ढाँचाका विषयमा आवश्यक छलफल गरिरहको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले सन् २०२० सम्म देशभर गुड्ने सवारी साधनमध्ये २० प्रतिशत विद्युतीय सवारीसाधन पुर्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button