तपाईँ सुन्दै हुनुहुन्छः

पछाडी परेका वर्गलाई आरक्षण सुनिश्चित गर्न सुझाव

प्रवीण । संघिय निजामती सेवा विधेयकमा आर्थिक र सामाजीक रुपमा पछाडी परेका वर्गलाई आरक्षण सुनिश्चित गर्न सांसदहरुलाई सुझाव दिनु भएको छ ।

राज्य व्यवस्था तथा शुसाशन समितिको आज वसेको बैठकमा सांसदहरुले प्रस्तावित विधेयकले आरक्षणलाई न्यायोचित वनाउन नसक्ने भन्दै मन्त्रालयले तयार पारेको विधेयक संशोधन गर्न सुझाव समेत दिनुभयो ।

सांसदहरुले जनसंख्याका आधारमा आरक्षण दिन उपयुक्त हुने, शतप्रतिशत क्लस्टर वनाएर आरक्षण दिंदा सवै समुदाय वाट प्रतिनिधित्व हुने, खस आर्यलाई पनि आरक्षण दिनुपर्ने लगाएतका सुझाव दिनुभएको थियो ।

बैठकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सत् प्रतिशत आरक्षण दिन सम्भव नभएको बताउदै ४५ प्रतिशत भित्र व्यापक छलफल गरि सहमतिमा पुग्न सकिने वताउनु भयो ।

समितिले आरक्षण कोटामा समग्रलाई शत प्रतिशत मानेर प्रतिशत बाँडने र पचास प्रतिशतलाई शत् प्रतिशत मानेर आरक्षण प्रदान गर्ने दुवै विकल्पमा गृहकार्य गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button