तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी सृदृढीकरणमा लाग्न सभापति देउवाको निर्देशन

भुषण पोखरेल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सृदृढीकरणमा लाग्न पार्टी पदाधिकारीलाई निर्देशन दिनु भएको छ ।

हालै सम्पन्न पार्टीको राष्ट्रिय जागरण अभियानका ७७ वटै जिल्लाका केन्द्रिय प्रतिनिधिहरुसँग आज पार्टी केन्द्रिय कार्यालय ललितपुरमा भएको छलफलमा सभापति देउवाले पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकको अपेक्षा अनुसार पार्टी सुदृढीकरण अभियानमा लाग्न निर्देशन दिनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री पूर्ण वहादुर खड्काले जागरण अभियानको प्रतिवेदनमाथि यही असार २२ गते वस्ने केन्द्रीय कार्य समितिमा छलफल हुने जानकारी दिनुभयो ।

दुई दिन सम्म चल्ने कार्यक्रममा दोश्रो चरणको जागरण अभियान सञ्चालनको विषयमा पनि छलफल हुने महामन्त्री खड्काले वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button