२०७७ साल चैत २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईको मृत्यु

रेडियो नेपाल २०७६ असार १२ गते ९:०२

रत्ननगर-बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ । साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो ।

दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग९प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

सम्बन्धित

विशु पर्व मनाउन स्वदेश फर्कनेको लर्को

१२ मिनेट अगाडि शेरबहादुर सिंह

भारतमा एकै दिन एक लाख ५२ हजार सङ्क्रमित

२२ मिनेट अगाडि रेडियो नेपाल

सोमालियाको विस्फोटमा पाँचको मृत्यु

२६ मिनेट अगाडि रेडियो नेपाल