तपाईँ सुन्दै हुनुहुन्छः

एसईईको परीक्षाफल आज

भक्तपुर-यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परिक्षाफल सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको छ । कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माका अनुसार परिक्षाफल प्रकाशित गर्न दिउँसो एक वजे बोर्डको वैठक बोलाइएको छ ।

वैठक सम्पन्न भएपछि कार्यालयमा पत्रकार सम्मेलन गरेर परिक्षाफल सार्वजनिक गरिने बताइएको छ । कार्यालयले हिजो नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गर्न लागेको हो ।

गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमित तर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए । पनिकाले गतवर्ष असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो।

बोर्डले यो वर्षदेखि पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले यो वर्षबाट पहिलोपटक प्रदेश अन्तर्गत परीक्षाफल प्रकाशित गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button