तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खानेपानी आयोजना: तीन दिन भित्र भुक्तानि विवरण बुझाउन आग्रह

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको काम सुचारु गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सहरुलाई ३ दिन भित्र रकम दाबी गर्न आग्रह गरेको छ ।
आयोजनाको काम सुचारु गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो । मेलम्ची खानेपानी आयोजना निमार्णको काम इटालियन कम्पनी सीएमसीले छोडेपछि बाँकी रकमको माग गर्दै आन्दोलन गरिरहेकाहरुलाई ३ दिन भित्र आधिकारिक प्रमाण सहित आफ्नो भुक्तानि हुन बाँकी रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको बताईएको छ ।
मेलम्ची खानेपानी आयोजनाको नयाँ ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई यसअघि फर्काइदिएका स्थानीय ठेकेदारले गएको सोमबार बसेको बैठकमा दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने सहमति भएको थियो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अगुवाइमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सहमति जुटेको हो । असार २१ भित्र माग सम्बोधन गर्ने गरी सुनुवाई नभए फेरि पनि आयोजनाको काममा अवरोध गर्ने स्थानीय सङ्घर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button