तपाईँ सुन्दै हुनुहुन्छः

धुलिखेलमा ‘कस्टम हायरिङ सेन्टर’ स्थापना

काठमाडौं । कृषिमा उपकरणको प्रयोग गरेर उत्पादन बढाउने उद्देश्यले काभ्रेको धुलिखेल नगरपालिकामा ‘कस्टम हायरिङ सेन्टर’ स्थापना गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोनको ५० प्रतिशत अनुदान सहयोग र धुलिखेल नगरपालिकाको पाटीचौर साना किसान कृषि सहकारी संस्थाको १५ लाख रुयैयाँसहित कूल ३० लाख रुपैयाँमा ‘कस्टम हायरिङ सेन्टर’ स्थापना गरिएको हो ।

कृषिमा उपकरणको प्रयोगमार्फत् मानव श्रम र लागत घटाएर उत्पादन बृद्धिमा सहयोग पुर्याउन सेन्टरको स्थापना गरिएको आलु सुपरजोन बनेपा शाखाका प्रमुख दीपक पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button