तपाईँ सुन्दै हुनुहुन्छः

क्लिन फिड मिडिया उद्योगको हितमाः मन्त्री बाँस्कोटा

अच्युत अर्याल । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको आवश्यकताका आधारमा संसदमा बृहत छलफल गरेर आवश्यक कानून निर्माण गरिने बताउनु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारले ल्याएको क्लि फिडको नीतिले नेपाली मिडियमा साम्यवाद आउने बताउनुभयो ।

उहाँले नेपाली मिडिया उद्योगले वर्षौदेखि माग गरेको क्लिन फिड आर्थिक हितका साथै प्रतिश्पर्धी क्षमता बढाउन महत्वपूर्ण रहेको बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले विप्लव समूहले नेपाललाई द्वन्द्वमा फसाउने व्यवहार प्रदर्शीत गरेकाले यस्ता गतिविधिलाई सरकारले नियन्त्रण गर्न खोजेको स्पष्ट गर्नुभयो ।

मन्त्रीमण्डल पुनर्गठनको विषय प्रधानमन्त्रीसँग निहित रहेकाले मन्त्रीमण्डल पुनर्गठन कहिले कसरीहुन्छ आफूले भन्न नसक्ने मन्त्री बांस्कोटाले प्रष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button