तपाईँ सुन्दै हुनुहुन्छः

चिरपट प्रहारबाट बुवाको हत्या गर्नेलाई १० बर्ष कैद सजाय

अछाम-दाउँराको चीरपटले हानेर आफ्नै बुबाको हत्या गर्ने चौरपाटी गाउँपालीकाका एक युवालाई १० बर्ष कैद सजाय सुनाईएको छ । जिल्लाको चौरपाटी गाउँपालीका वडा नम्बर ५ लुंग्रा निवासी प्रेम ढोलीलाई जिल्ला अदालत अछामले १० बर्ष कैद र १ लाख जरीवानाको पैसला सुनाई कारगार चलान गरिएको हो । गत जेठ २९ गते घरायसी विवाद हुदाँ प्रेमले ७० बर्षीय बुवा मिने ढोलीको चिरपट प्रहार गरी हत्या गरेका थिए ।

प्रहरी अनुसन्धानपछि उनी कर्तव्य ज्यान कसुर मुद्धामा दोषी ठहरीएकाले जिल्ला अदालत अछामले दस बर्ष कैद सहित एक लाख जरीवानाको फैसला सुनाएको हो । जिल्ला न्यायधिश हरी प्रसाद कोईरालाको ईजलासले यस्तो फैसला सुनाएको हो ।

यस्तै जवरजस्ती करणी उद्योग कसुर मुद्धामा एक जनालाई पुर्पक्षका लागि थुनामा राखीएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ बस्ने दिपेश भुललाई जवरजस्ती करणी उद्योग कसुर मुद्धामा पुर्पक्षमा राख्न जिल्ला अदालतले आदेश दिएको हो । पुर्पक्षका लागी उनलाई जिल्ला कारागार पठाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button