तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

धादिङ -बिहानी पख परेको पानीसँगै लेदो बग्दा अवरुद्ध भएको पृथबी राजमार्ग सुचारु भएको छ । धादिङको बैरेनी बजार नजिकै सडकमा लेदो बग्दो बिहान देखि राजमार्ग अवरुद्ध भएको थियो ।

धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो बगेको हो । जसका कारण बैरेनीबजारका घरहरु पनि डुबानमा परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button