तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृत पढ्ने सबैले एसईईमा ल्याए ए प्लस

शिशिर सिंखडा, चितवन । चितवनको देवघाटमा रहेको हरिहर सन्यास आश्रमले सञ्चालन गरेको श्री परमानन्द संस्कृत गुरुकुलका सबै १४ जना विद्यार्थीले यस वर्षको एसईईमा ए प्लस ग्रेड ल्याएका छन् ।

२०६३ सालबाट गुरुकुलमा अध्ययन गर्ने विद्यार्थी एसएलसी परीक्षामा सहभागि हुन थालेपनि यसपटक अहिले सम्मकै उत्कृष्ट नतिजा हासिल गरेको गुरुकुलका व्यवस्थापक मुक्तानन्द सरस्वतीले बताउनुभयो ।

विद्यापीठमा पढ्ने सबै विद्यार्थीहरु आवासीय सुविधा सहित पूर्णतया निःशुल्क पढिरहेका उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button