तपाईँ सुन्दै हुनुहुन्छः

मालपोत कार्यालयमा आगलागी

तौलिहवा । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आज बिहान आगलागी भएको छ ।

कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन र फर्निचर पूर्णरुपमा जलेर नष्ट भएका छन ।

आगलागीबाट नौ लाख रुपैया भन्दा बढीको क्षति भएको कार्यालयले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button