तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान शहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

मन्त्री ज्ञवालीले भ्रमणका क्रममा उच्चस्तरीय चिनियाँ अधिकारी, राजनीतिक एवं व्यापारिक वर्गसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button