तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण

म्याग्दी । म्याग्दीका ६ वटा स्थानिय तहमा ३३ वटा हेलिप्याड निर्माण गरिएको छ ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्थानिय तहको बजेट व्यवस्थापन तथा सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवाक्लब र आमासमूहको सहयोगमा हेलिप्याड बनाईएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो ।

भौगोलिक रुपमा विकट र सहज यातायात सुविधा नभएको बस्ती आपतकालिन अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले योजना अघि सारेको थियो ।

४५ वडा मध्ये बाँकी १२ वडामा दशैसम्ममा सम्पुर्ण निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button