तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा दुई जनाको मृत्यु

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाटरोराङ गाउँपालिका–७ चरौँदी कृष्णभिरमा आज तीन वटा सवारी एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र वतन नखुलेकी एक २० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बस र चितवनबाट काठमाडाँै आउँदै गरेको दुई वटा माइक्रोबस एकापसमा ठक्कर खाँदा ३२ जना घाइते भएका छन् ।

घाइतेमध्ये १८ जनाको काठमान्डौमा र सात जनाको धादिङ्गको गजुरी अस्पतालमा र दुई जनाको चरौँँदी अस्पतालमा उपचार भई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button