तपाईँ सुन्दै हुनुहुन्छः

विकासका लागि प्रतिपक्षसँग सहकार्य गर्न सरकार तयार छः प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आज काठमाडौमा उद्घाटन गर्नुहुदै प्रधानमन्त्री ओलीले सत्ता पक्ष र प्रतिपक्ष भनेको आवधिक कुरा भएकोले देशको विकास र समृद्धिका लागि सरकारले प्रतिपक्षसँग मिलेर काम गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नु पर्ने स्थितीको अन्त्य गर्नुपर्ने बताउनुहुदै आफ्नो कार्यकालमा बेरोजगारीको अवस्थामा परिवर्तन आउने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले रोजगारी नपाएर ठुलो संख्यामा नेपालीहरु विदेश जानु पर्ने अवस्था चाँडै अन्त्य हुने बताउनुभयो ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले युवालाई देशमै रोजगार सृजना गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिनुहुंदै बैदेशीक रोजगारीमा जानेहरुका लागि नयाँ र सुरक्षीत रोजगारीको पहल भै रहेको जानकारी गराउनु भयो ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले देशमै रोजगारी सृजना गरेर युवालाई पलायन हुनवाट रोक देशको विकास हुने बताउनु भयो ।

सम्मेलन दुईदिन सम्म चल्नेछ । सम्मेलनले मुलुक भित्रसम्भाव्य नयाँ रोजगारीका क्षेत्र पहिचान गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button