तपाईँ सुन्दै हुनुहुन्छः

विनियोजन विधेयक,२०७६ अन्तर्गत ६ वटा मन्त्रालयका विभिन्न शीर्षकमा छलफल

काठमाण्डौ । राष्ट्रिय सभामा विनियोजन विधेयक,२०७६ अन्तर्गत ६ वटा मन्त्रालयका विभिन्न शीर्षक माथि विनियोजन बजेटका सम्बन्धमा छलफल भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा भूमि व्यवस्था,सहकारी गरीवी निवारण खानेपानी संचार तथा सूचना प्रविधि युवा तथा खेलकुद सहकारी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षक माथि विनियोजन भएको वजेटका सम्वन्धमा छलफल भएको हो ।

आजको बैठकमा सांसद अनिता देबकोटाले बिनियोजन बिधेयक २०७६ अन्र्तगत खानेपानि मन्त्रालय शिर्षकको खर्च रकमलाइ घटाइ एक रुपैया गरियोस भन्ने प्रस्ताब प्रस्तुत गर्नुभयो ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधान मन्त्री के पी शर्मा ओलीको तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले नेपालको संबिधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक बर्ष २०७४÷७५ को बार्षिक प्रतिबेदन पेश गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button