तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, एकको मृत्यु, दर्जन बढी घाईते

सर्लाही । सर्लाहीको बाँके जङ्गलमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुंदा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित भएर प्रदर्शनमा उत्रीएका थिए ।

स्थानीयवासीले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके चौकमा वालकको शव ल्याएर प्रदर्शन गरेपछि प्रहरीले राजमार्ग खुलाउनेक्रममा दोहोरो झडप भएको थियो ।
झडपका क्रममा प्रहरीको गोली लागी इश्वरपुर नगरपालिका १३ गौरीशंकरका २७ वर्षिय देवन महतोको घटना स्थलमा मृत्यु भएको हो ।

घटनामा परी एक जना प्रदर्शनकारी र १३ जनाभन्दा वढी सुरक्षाकर्मी घाईते भएका छन् ।

अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button