तपाईँ सुन्दै हुनुहुन्छः

टि–२० विश्वकपका लागि एसियाली छनोट प्रतियोगिता खेल्न जाने नेपाली टिम घोषणा

काठमाण्डौ । मलेसिया विरुद्धको दुईवटा टि–२० श्रृङ्खला र सिंगापुरमा हुने आईसीसी टि–२० विश्वकपका लागि एसियाली छनोट प्रतियोगिता खेल्न जाने नेपाली टिम शुक्रबार घोषणा गरिएको छ । नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेपछि उमेश पटवालले पहिलो पटक पत्रकार सम्मेलन गरेर टिमको घोषणा गरिएको हो । यसअघि नेपाली टिमको घोषणा हुँदा विज्ञप्ति जारी गरेर जानकारी गराइने प्रचलन थियो ।

टिम घोषणा गर्ने पत्रकार सम्मेलनमा कप्तान पारस खड्काले यो टिम नेपालमा उपलब्ध सर्वोत्कृष्ट टिम भएको जानकारी दिए । सबै खेलाडीलाई छुट्टै जिम्मेवारी दिइएको र त्यो जिम्मेवारी निभाउन सदस्यहरु सक्षम रहेको बताए ।

टिममा शरद भेषावकर पुनरागमन परेका छन् । सिंगापुरमा टि–२० छनोट प्रतियोगिताका लागि नेपाली टिमले १० दिन मलेसियामा अभ्यास गर्नेछ ।

नेपाली टिम जुलाई ९ मा मलेसिया प्रस्तान गर्नेछ । १३ र १४ तारिकमा मलेसियासँग टि–२० खेल खेल्नेछ । टि–२० खेलका लागि एक दिवशीय मान्यता प्राप्त देशहरुसँग पनि पहल भएको तर कुनै पनि देश उपलब्ध नभएका कारण मलेसियासँग खेल्न लागेको कप्तान पारस खड्काले बताए । २० तारिकमा नेपाल सिंगापुर प्रस्तान गर्नेछ । र २२ तारिकमा नेपालले पहिलो खेल कतारसँग खेल्नेछ । प्रतियोगिता २८ तारिकसम्म हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button