तपाईँ सुन्दै हुनुहुन्छः

अदालती कार्य सम्पादन छिटो छरितो हुदै

मुगु-बिगतका बर्षहरुमा न्यायलयबाट सम्पादनहुने काम कारर्वाहीहरुमा केही अलमल र ढिलासुस्ती हुँदै आए पनि अहिले अदालति काम कारर्वाहीहरु छिटोछरितो ढंगबाट सम्पादन हुन थालेका छन । विगत बर्षहरुमा जिल्लामा न्यायाधिस नियमित नबस्दा र पयाप्त कर्मचारी नहुदा अदालतबाट प्रवाह हुने सेवा सुविधामा ढिलो हुने गरेपनि यस बर्षको शुरुवातीबाट जिल्ला न्यायाधिस नियमित बस्ने गरेको र पयाप्त कर्मचारी पनि भएकाले अदालतमा आउने विभिन्न मुद्घा समय मै किनारा लाग्ने गरेको जिल्ला अदालत मुगुका श्रेस्तेदार रुद्र प्रसाद अर्यालले बताउनु भयो ।

श्रेस्तेदार अर्यालका अनुसार सवोच्च अदालतले यो आःव मा अदालतमा आउने मुदा्रहरुमा ७५ प्रतिशत फस्यौट गर्ने लक्ष्य निर्धारण गरेपनि अदालतले शत प्रतिशत मुदा्र फस्यौट गरेको पाईएको छ । यो बर्ष ८६ वटा मुदा्र दर्ता भएका छन भने गत बर्षका ३३ मुदा्र अल्या भएर यो बर्ष दायित्व सर्दा कुल ११९ मुर्दा दायित्वमा आएकोमा ८८ मुदा्र किनारा लगाईएको छ भने ३१ वटा प्रकृयामा रहेका बताईएको छ ।

समय मै अदालतमा दिएका उजुरी माथी सुनुवाई हुन थाले पछि अदालत प्रतिको विश्वास दिन प्रति दिन बढदै जान थालेको छ । विगतमा अदालतमा कहि कतै मुद्घा परिहाले समयको बर्बाद, आर्थिक स्थिती घटदै जाने र झन्झट हुने पिर हुन्थ्यो अनि बषौ सदरमुकाम धाउनु पथ्यो तर एक बर्ष यता अदालतमा छिटो छरितो काम हुन थालेको कुटपिटमाको मुद्घामा हालै न्याय पाएका सोरु गाँउपालिका नेर गाँउका केआई सिंह मल्लले बताउनु भयो
यस्तै अनुभव खत्याड गाँउपालिका गम्थाका जयकृष्ण जैशी सुनाउनु हुन्छ ।

उहाँलाई प्रहरीले विना कारण आफनै घरबाट गिरप्तार गरेपछि आफुले बन्धी प्रत्यक्षीकरणको मुदा्र अदालतमा हालेको छिटै फैसला भएर आफु रिहा भएको र विगतको कार्य अनुभवले वाक्क भएको आफुले यती छिटो फैसला हुदा भने अचम्म परेको भन्नुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button