तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

भक्तपुर-अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको राधराधेमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मध्यपुर ठिमी नगरपालिका ४ राधे राधे चोकमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा ५ ख ५३४३ नं.को ट्रिपरले सोही दिशा तर्फ आउदै गरेको प्रदेश ३ –०२ –००६ प ४९९४ नम्बर को मोटरसाईकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक सोलखुम्बुु पंचन ९ घर भएका बर्ष २८ का फ्रेम बाहदुर राई घाईते भई उपचारको लागी मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुबै सवारी साधन महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा रहेको र फरार रहेका ट्रिपर चालकको तदारुकताका साथ खोजतलास कार्य जारी रहेको बृत्तका प्रमुख प्रहरी नायक उपरीक्षक शान्तिराज कोईरालाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button