तपाईँ सुन्दै हुनुहुन्छः

आज वर्षात्को सम्भावना

काठमाण्डौ । मध्य असारमा पनि पर्याप्त वर्षा नभएपछि धेरै स्थानमा रोपाइ हुन बाँकी छँदा सोमबारदेखि वर्षात्को सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
धेरै स्थानमा आज दिउँसो हल्कादेखि मध्यम वर्षा तथा आज राति मध्य र पूर्वका विशेषतः तराइका एक दुइ स्थानमा र पश्चिमका विशेषतः पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश १ का पहाडी जिल्लाहरु, प्रदेश ३ को काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरु, गण्डकी प्रदेशको पश्चिमी पहाडी क्षेत्र कालिगण्डकी जलाधार प्रदेश ५ को समग्र पहाडी क्षेत्र कालिगण्डकी जलाधार र प्रदेश ५ को समग्र पहाडी क्षेत्र, कर्णाली प्रदेशको जाजरकोट र आसपास, सुदूरपश्चिम प्रदेशको डोटी, बाजुरा र आसपासको क्षेत्रमा साँझपछि मध्यम वर्षा सहित ससाना खोलानालाहरुमा उल्लेख्य बहाव बढ्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
ती मध्ये केहीमा बहाव सतर्कता तह आसपास पुग्न पनि सक्ने तथा आज रातको समयमा उपरोक्त स्थानका ससाना खोलानालाका बेसीमा सतर्कता जरुरी रहेको बताइएको छ । पहिरोग्रस्त क्षेत्रहरुमा पनि सतर्क रहन भनिएको छ ।
यसैगरि, भोलि प्रदेश ३ का पहाडी क्षेत्रमा ससाना खोलानालाहरुमा आकस्मिक बहाव हुन सक्ने हुँदा सतर्कता जरुरी रहेको बाढी पूर्वानुमान शाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button